नबिल बैंक सहित यी हुन् आज सर्वाधिक कारोबार हुने १० कम्पनी
काठमाडौं । नयाँ वर्ष २०७९ को कारोबारको दोस्रो दिन शेयरबजार ४१ अंकले घट्न पुगेको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई भएको शेयर बजारमा आज भारी गिरावट आएको हो ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कम्पनीको एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५५ रुपैयाँको कारोबार भएको छ । देश आर्थिक संकटकाबीच रहेको अवस्थामा शेयरबजारमा लगानीकर्ताको उत्साहपन घट्दै गइरहेको छ ।
गत वर्ष २१ अर्ब सम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो केही दिन यता शेयरको मात्रा र कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । आज पनि साढे एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको भएको छ । बैंकको आज ४ करोड ९६ लाख २६ हजार ५५५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ९२ लाख, महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख, निफ्राको ३ करोड ७२ लाख र सिद्धार्थ इन्स्योरेन्सको ३ करोड ६८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।