प्राइम लाइफ इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ रोजगारीको अवसर ?

५ बैशाख २०७९, सोमबार १२:२१

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सूचना प्रकाशित गर्दै २ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं प्रदेशको लागि प्रोभिन्स हेड एकजना र काठमाडौं नक्साल शाखाका लागि शाखा प्रबन्धक एकजना गरी दुईजना कर्मचारी माग गरेको हो । उक्त दुई पदका लागि इन्स्योरेन्सले बिजनेस म्यानेजमेन्टमामा स्नातक उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले वैशाख १४ गते आवश्यक कागजातसहित कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*