वाणिज्य बैंकहरुको खुद नाफामा १६ प्रतिशतको बढ्यो, कुन बैंकको अवस्था ?

५ बैशाख २०७९, सोमबार ११:४८

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो।

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको खुद नाफामा १६.४४ प्रतिशतको वृद्धि देखिएको छ। तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने बाँकि १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन्।

त्यस्तै, गत आर्थिक वर्षको फागुन महिनासँग तुलना गर्दा बैंकहरुको खुद नाफामा करिब १२ प्रतिशतको वृद्धि भएको छ। गत आर्थिक वर्षको फागुनसम्ममा अधिकांश वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब ९५ करोड रुपैयाँ थियो।

चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले तीन अर्ब ४६ करोड खुद नाफा गरेको छ। माघको तुलनामा बैंकको नाफा १४.२५ प्रतिशत बढेको छ। माघ अन्त्यसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

फागुनसम्म आइपुदा दोस्रो सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक एनआइसी एसिया बैंक भएको छ। उक्त बैंक ३ अर्ब अधिक नाफा गर्न सफल छ। बैंकले ३ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। नाफा माघको तुलनामा १५.२५ प्रतिशत बढेको छ।

तीन अर्ब अधिक खुद नाफा कमाउन सफल नबिल बैंक पनि हो। बैंकले फागुन अन्त्यसम्ममा ३ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। माघ महिनाको तुलनामा बैंकको नाफा १६ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको आठ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि २ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ। यस्तै, प्राइम कमर्सियल बैंकले २ अर्ब ५६ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब २२ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड रुपैयाँ र नेपाल बैंक लिमिटेडले २ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन्।फागुन महिनासम्म आइपुदा दुई अर्ब अधिक खुद नाफा रहेका यी वाणिज्य बैंक हुन्।

त्यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि फागुनसम्ममा एक अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उल्लेखित वाणिज्य बैंकहरुको खुद नाफा औसतभन्दा मथि छ।यस अवधिमा सबैभन्दा कम खुद नाफा आर्जन गर्ने वाणिज्य बैंक सिभिल बैंक छ। यसले चालु आर्थिक वर्षको आठ महिने अवधिमा ७३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। नाफा माघको तुलनामा भने झन्डै १२ प्रतिशत बढेको छ। माघ अन्त्यसम्म बैंकले ६१ करोड खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको खुद नाफा पनि यस अवधिमा ९२ करोड रुपैयाँ छ। चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँभन्दा कम खुद नाफा आर्जन गर्ने सिभिल र सेञ्चुरी बैंक नै हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*