ग्लोबल आइएमई लघुवित्तको खुद नाफा सामान्य घट्यो

५ बैशाख २०७९, सोमबार १०:४४

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिजक गरेको छ। लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि ‘राइट ब्याक’ नभएका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६.०५ प्रतिशत बढेको छ। लघुवित्तले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाएको थियो।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३५ रुपैयाँ ८३ पैसा घटेर ४९ रुपैयाँ ४२ पैसामा झरेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १३ गुणा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*