आइएमई जनरल इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला

५ बैशाख २०७९, सोमबार १०:४१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ ।
कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

काठमाडौं । ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब सोमबार (वैशाख ५ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसाभित्र रहेर हुनेछ । जीभीएल संकेतमा यसको कारोबार खुला हुनेछ । ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*