आइपीओ निष्काशनका लागि हिमालयन हाइड्रोपावरले बोर्डबाट पायो अनुमति
७ बैशाख २०७९, बुधबार ०६:१९
हिमालयन हाइड्रोपावरले आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले साढे २२ करोड रुपैयाँबराबरको साढे २२ लाख कित्ता आईपीओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले निष्कासन गर्ने आईपीओको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । अब कम्पनीले चाँडै नै आह्वान पत्र जारी गरी आईपीओ निष्कासनको मिति तोक्ने जनाएको छ ।