सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन
४ बैशाख २०७९, आईतवार १८:१३
काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । आज साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।सिडीएससीका अनुसार आइतबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ४४.२४ गुणा बढी हो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १ अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ४४ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको हो ।