तीन कम्पनीको थप ५८ लाख ३२ हजार कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?
४ बैशाख २०७९, आईतवार १५:५८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर आज सूचीकृत भएको हो ।
मनकामनाको १७ प्रतिशत दरको २ लाख ५ हजार ९५५ कित्ता, छिमेकको २७ प्रतिशत दरको ४९ लाख ४१ हजार कित्ता र श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत दरको ६ लाख ८५ हजार ४०१ कित्ता सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयरहरु सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले कारोबार गर्न पाउनेछन् ।