ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्रीन भेन्चर्स लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको शेयर आज जीभीएल सिम्बोलबाट सूचीकृत भएको हो ।
ग्रीन भेन्चर्सको अंकित मूल्य १०० रुपैयाँ कायम भएको ३ करोड १२ लाख ५० हजार कित्ता शेयर आज सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत साधारण शेयर बिक्री खुल्ल आह्वान गरेको थियाये ।
जसमा उद्योग प्रभावित स्थानिय बासिन्दाहरुमा वितरण गरिएको ३१ लाख २५ हजार कित्ता र सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको (सामुहिक लगानी कोष र कर्मचारी समेत) ३१ लाख २५ हजार र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्तँ शेयर जम्मा गरी ३ करोड १२ लाख ५० हजार कित्ता शेयर वितरण भई आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् कम्पनीको आइपीओ धितोपत्र दोस्रो बजारमा भोलिदेखि नै कारोबारमा आउनेछ । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ४ पैसासम्म पाउने देखिएको छ ।
कम्पनीको आव २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ८६ पैसा रहेकोले नेप्सेले उक्त रेञ्ज प्रदान गर्ने देखिएको हो । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण कम्पनीले उक्त ओपनिङ्ग रेञ्ज पाउने देखिएको हो ।