हिमालय उर्जा विकासको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
४ बैशाख २०७९, आईतवार १५:३०
काठमाडौं । आज नेप्सेमा राताम्य छाएको छ । साताको पहिलो दिन नेप्से २९.६० अकंले घटेको हो ।
पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा कारोबार समेत १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँमा खुम्चिएको छ ।
२०७९ सालको पहिलो कारोबारको दिन नै नेप्से ओरालो लागेको हो । नेप्सेमा राताम्य भई कारोबार समेत खुम्चिदा हिमालय उर्जा विकासको शेयरमा नकारात्मक सर्किट लागेकोा छ ।
त्यस्तै, इमर्जिङ नेपालको ७.५८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६.०७ प्रतिशत, सामलिङ पावरको ५.६९ प्रतिशत, नयाँ सारथि लघुवित्तको ५.४१ प्रतिशत, बुद्धभुमि नेपाल हाइड्रोपावरको ५.१९ प्रतिशत र हिमाल दोलाखा हाइड्रोपावरको ५.०४ प्रतिशतले घटेको हो ।