२०७९ सालको पहिलो दिन यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

४ बैशाख २०७९, आईतवार १५:२१

काठमाडौं । २०७९ सालको शेयर बजार कारोबारको पहिलो दिन अर्थात् साताको पहिलो दिन शेयरबजारमा गिरावट आएको छ । गत वर्षको अन्तिम दिन हरियाली छाएर विदाई गरेको शेयरबजारमा आज २९.६० अंकको गिरावट आएको छ ।

आज नेप्सेमा सूचकिृत २३३ कम्पनीको ३३ लाख ३० हजार ८३४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६१ लाख २ हजार ४६४ रुपैयाँको कारोबार भएको छ । नयाँ वर्षको सुरुवातमै आज कारोबार ह्वात्तै घट्न पुगेको छ । नेप्से इन्डेक्स घटेर २३ सयको विन्दुमा पुग्दा कारोबार १ अर्बमाथि मात्रै हुन पुगेको छ ।

नयाँ लगानीकर्ताहरु थपिँदै गएतापनि केही दिनयताको कारोबार डेप्थ हेर्ने हो भने २।३ अर्बमा मात्रै कारोबार सीमित हुन पुगेको छ । गत वर्ष साउन महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज १ अर्बमाथिको कारोबार हुनुमा देशको आर्थिक संकट बढ्दै जानु प्रमुख कारक तत्व मान्न सकिन्छ ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको भएको छ । टेलिकमको आज एकैदिन ४ करोड ९९ लाख ४७ हजार ८४१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड ८६ लाख, ग्लोबल आइएमई बैंकको ऋणपत्रको ४ करोड २५ लाख, हिमालयन डिस्टिलरीको ४ करोड १ लाख र नबिल बैंकको ३ करोड ४९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*