नेपाल फाइनान्सको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने सुरु हुने फाइनान्सले जनाएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जनाको निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ ।
साथै संस्थाले अन्य कुनै उपयुक्त बैक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।