एनआइसी एशिया क्यापिटलद्धारा निःशुल्क डिम्याट तथा मेरो शेयर सुविधा

२ बैशाख २०७९, शुक्रबार १८:०८

काठमाडौं । एनआइसी एशिया कयापिटले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खाता खोलिदिने भएको छ । नयाँ वर्ष २०७९ सालको अवसरमा क्यापिटलले एक नेपाली एक डिम्याट खाता अभियानलाई प्रभावकारी रुपमा देशव्यापी संचालन गर्ने उद्देश्यकका साथ उक्त सुविधा सुरु गरेको हो ।

क्यापिटलले पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा पनि छूट दिने सुविधा ल्याएको हो । यो सुविधा वैशाख १ गतेदेखि असार मसान्तसम्ममा लागू हनेछ । नयाँ वर्षको अवसरमा एक डिम्याट खाता सहित पूँजी बजार साक्षरता कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गर्न लागेको पनि क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*