हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छा र संचालक अग्रवाल सुप्रवल जनसेवाश्री विभुषित

२ बैशाख २०७९, शुक्रबार १६:१३

काठमाडौं । राष्ट्र भण्डारीले सुप्रवल जनसेवाश्री पदकबाट हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सम्मानित गरेको छ ।

नेपाल सरकारको निर्णय अनुसार सातौं संविधान दिवसको अवसरमा बीमा क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा बीमा क्षेत्रमा कार्यरत रही अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप शिखर गोल्छा र संचालक साहिल अग्रवाललाई सुप्रवल जनसेवाश्री पदकबाट विभुषित गरिएको हो ।

राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रवल जनसेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*