कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै

२ बैशाख २०७९, शुक्रबार ११:३४

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरको बोलपत्र आज खोलिने भएको छ । कम्पनीले लिलामी शेयर बिक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको हो ।

कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार बिक्री प्रबन्धककै कार्यालय, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने छ ।

कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।

हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको (१ः१.५)अनुपातमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । अवितरित हकप्रद शेयर समेत विक्री पश्चात कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*