राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

१ बैशाख २०७९, बिहीबार १४:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत रही समाज सेवामा समर्पित पत्रकार तथा साहित्यकार गिरिजा प्रसाद अधिकारीलाई जनसेवाश्री पदकबाट बिभुषित गर्नु भएको छ ।

पर्साको प्रतिक दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका अधिकारीले राजधानीका मूलधारका नयाँ पत्रिका दैनिक, सौर्य दैनिक, विभिन्न साप्ताहिक पत्रिका हुँदै हाल हेटौडाबाट सञ्चालित तू खवरका सम्पादक रहेका छन् ।

साहित्य लेखनमा नेपालदेखि भारतसम्म पहिचान बनाउन सफल गिरिजा अधिकारीले केही महिना पहिले मात्रै मकवानपुरमा मिडिया नामक अनुसन्धानमूलक कृति प्रकाशत गरेका थिए । उनको २५ प्रतिवाद नामक कविता नेपाली र बज्जिका भाषामा समेत प्रकाशित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*