हरियाली छाएको शेयरबजारमा आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३० चैत्र २०७८, बुधबार १५:२६

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात् यस वर्षको अन्तिम दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३० अंकले बढेको छ ।

पछिल्लो केही महिनायता देशमा आर्थिक संकटका कारण शेयरबजारमा प्रभाव परेको थियो । बैकिङ्ग क्षेत्रमा तरलता संकट, विदेशी मुद्रा संचिती घटेको कारणले शेयरबजार निरन्तर ओरालो लागेको छ ।

आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार ४६३ कित्ता शेयर खरिदबिक्री भएका छन् । सो मात्राको कित्ता खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँको कारोबार भएको छ ।

यस वर्षमा शेयरबजारमा लगानीकर्ताको संख्या थपिएसँगै कारोबार समेत १९ अर्ब सम्म पुगेको थियो । पछिल्लो केही महिनायता शेयर मात्रा र कारोबार समेत २।३ अर्बमा खुम्चिन पुगेको हो ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५ करोड २१ लाख, हिमालय डिस्टिलरीको ४ करोड ४३ लाख, एनआइसी एशियाको ३ करोड ८५ लाख र नबिल बैंकको ३ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*