२०७८ सालको अन्तिम दिन शेयरबजारमा हरियाली, ३० अंकले नेप्से बढ्दा कारोबार एक अर्बमा सीमित
काठमाडौं । २०७८ सालको अन्तिम दिन नेप्सेमा हरियाली छाएको । यस वर्ष विभिन्न उतारचढावकाबीच शेयरबजारमा आज ३०.२४ अंकले नेप्से परिसूचक बढ्न पुगेको छ ।
अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार यस वर्षको र यस साताको कारोबारको अन्तिम शेयरबजार १.२७ प्रतिशतले बढेर २४१५.२४ विन्दुमा पुगेको छ ।
पछिल्लो केही महिनायता देशमा आर्थिक संकटकाबीच शेयरबजार क्रमशः ओरालो लागेको थियो । आज २०७८ सालको अन्तिम दिन भएको कारण पनि यस वर्षलाई विदाई गर्न शेयरबजारमा हरियाली छाएको प्रक्ष्येपण गरिएको छ ।
आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँको कारोबार भएको छ । यस वर्षको जेठ महिनामा १९ अर्बसम्मको काराबोर भएको शेयरबजारमा आज अन्तिम दिन १ अर्बसम्म कारोबार भएको बन्द हुन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहको बढ्न पुगेको छ । निर्जिबन बीमा समूहको १२९.४५ रुपैयाँले बढेको छ भने जीवन बीमा समूहको १०१.५१ रुपैयाँले बढ्न पुगेको छ ।