सिटिजन्स बैंक इन्टरनेशनलको ६६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

३० चैत्र २०७८, बुधबार १२:१०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६६ हजार ९९९ दशमलव ६६ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ ।

बैंकका संस्थापक शेयरधनी रुकमणी प्रधानले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत ३० गते) ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*