सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

३० चैत्र २०७८, बुधबार ११:४६

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगन्ज शाखाले बीमा दाबी बापतको ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

बर्दिया जिल्ला बासगढी नगरपालिका वडा न ९ माछागढ निवासी अनिल रावतको भारतमा रोजगारिको शिलशिलामा २०७८ फागुन ५ गते कार ठक्करबाट मृत्यु भएको हो । कम्पनीका क्षेत्रिय प्रबन्धक जयदेव गौतमले मृतक रावतकी श्रीमति अमृता बुढालेलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

रावतले नेपालगन्ज शाखा अभिकर्ता हिरालाल बुढाबाट आफ्नो छोरा अंकित रावतको ५ लाखको सानिमा बालसौगात जीवन बीमा र ५ लाख रुपैयाँको म्यादी बीमा गरेका थिए । सानिमा बाल सौगात बीमा योजनामा बीमितका प्रस्तावकको मृत्यु भएको कारण बीमा कामै हुने र बीमा अवधि भर प्रिमियम तिर्नु नपर्ने अनि अवधि समाप्त भएपछि पुन ५ लाख र ५ लाख बोनस सहित प्रदान गरीने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*