सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?

३० चैत्र २०७८, बुधबार ११:२७

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २९ गतेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीको हालको चुक्तापूँजी २ अर्बको आधारमा कम्पनीले ४ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*