यूनियन लाइफ इन्स्योरेन्सको चौथौ वार्षिक साधारण सभा बैशाख २३ गते, यस्ता छन् एजेण्डा

३० चैत्र २०७८, बुधबार ११:२७

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गतेका लागि बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा सो दिन बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

चैत २९ गते कर्पोरेट कार्यालय नयाँँ बानेश्वर काठमाडौंमा संचालक समितिको बैठकले सो साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले आार्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/०७८ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, उक्त सभाले संचालक समितिममा संस्थापक शेयरधधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने कार्य सूचि समेत रहेको छ । सभाले सामुहिक लगानी कोष सञ्चालन गर्ने र सो स्थापनाको लागि प्रवन्धपत्रमा उद्देश्य थप गर्ने, यस कम्पनी र अन्य कुनै जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले लेखापरीक्षण (डिडिए) गर्नको लागि लेखापरीक्षक (मुल्यांकनकर्तां) नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्य सूचि समेत सभामा समावेश गरीएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । सो बुक क्लोजको साधारणमा बैशाख १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*