नेष्डो समृद्ध लघुवित्त चौथो वर्षमा प्रवेश, विभिन्न सामाग्री सहित पर्वत जिल्लामा लघुवित्तको योगदान
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड चौथौं वर्षमा प्रवेश गरेको छ । संस्थाको चौथो स्थापना दिवस सोमबार विविध कार्यक्रम सहित सम्पन्न भएको हो ।
पर्वत जिल्लामा केन्द्रिय कार्यालय रही नेपालका १७ वटा जिल्लामा कार्य गर्दै आई रहेको संस्थाले हरेक वर्ष चैत्र २८ गतेका दिन आफ्नो स्थापना दिवस मनाउदै आई रहेको छ । वि.सं. २०७४ साल चैत्र २८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र वैंकवाट राष्ट्रिय स्तरमा लघुवित्तीय कारोवार गर्ने इजाजत प्राप्त यस संस्थाले नेपालका १७ जिल्लामा ५६ वटा शाखा कार्यालय मार्फत ८८ हजार विपन्नलाई आर्कषक वचत, सुलभ कर्जाको साथै विभिन्न कल्याणकारी सुविधाहरु प्रदान गर्दै आई रहेको छ ।
स्थापना दिवसका अवसरमा दिप प्रज्वलन सहित मुल समारोह आयोजना गरिएको थियो । संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले मुल समारोमा वोल्दै वित्तीय क्षेत्रमा विद्यमान संकटलाई व्यवस्थापन गर्दै शेयर सदस्यको अपेक्षा, सदस्यहरुको चाहनाको परिपूर्ति गर्न सदा प्रतिवद्ध रहेको बताए ।
साथै अध्यक्ष प्रसाईले लघुवित्त वित्तीय व्यवसाय नभै सामाजिक सेवा भएको भन्दै यसले सदा सामाजिक उत्तरदायित्वलाई पुरा गर्नुपर्नेमा जोड समेत दिए । कार्यक्रममा सञ्चालक सदस्य रेशम वहादुर खत्री, नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारी, पुर्व अध्यक्ष लक्ष्मी कुमारी मेधासी, महासचिव प्रेम प्रसाद पौडेल, नेपाल प्रेस युनिएनका अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
सन्ध्याकालिन दिप प्रज्वल सहित सहितको उक्त मुल समारोहको अध्यक्षता संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्रीले, स्वागत वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालले र सञ्चालन सहायक प्रवन्धक सुस्मा प्रसाईले गरेका थिए ।
सो अवसरमा संस्थाले सोमवार जिल्ला कारागार शाखाका कैदी वन्दीहरुको लागि एक थान टेलिभिजन, दुई थान वाटर डिस्पेन्सर उपलव्ध गराएको छ । सामाग्री हस्तान्तरण समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कानून वमोजिम कारागारमा रहेका कैदी।वन्दीहरुका लागि उपकरण सहयोग गर्नु संस्थाको सह्रानीय कार्य रहेको भन्दै वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सहयोग गर्न सक्ने बताए ।
त्यस्तै, कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले लघुवित्त क्षेत्रमा हाल संकटपुर्ण स्थिती रहेको भन्दै जुनसुकै संकट आए पनि नेष्डो समृद्धले आफ्नो भुमिकावाट पछि नहटने बताए ।
त्यस्तै, लघुवित्तले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पर्वत जिल्ला अस्पताललाई दुई थान वाटर डिस्पेन्सर, मास्क लगायतका स्वास्थ्य सामाग्री सहित अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको थियो ।
कार्यक्रम जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले नेष्डो समृद्ध परिवारले समाजको हरक्षेत्रमा योगदान पु¥याएको वताउदै स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाईको क्षेत्रमा संस्थाले पु¥याएको योगदानको प्रशंसानीय रहेको बताए । जिल्लामा दर्जनौ संस्थाहरु क्रियाशिल रहेता पनि नष्डो परिवार सामाजिक क्षेत्रमा अग्रणी भुमिकामा रही आएको उनको भनाई थियो ।
अस्पतालमा भवन लगायत पुर्वाधारहरु यथेष्ठ रहेको भन्दै गुणस्तरीय कार्यक्रममा पर्वत जिल्ला अस्पतालका प्रमुख ढुण्डीराज पौडेल, सञ्चालक रेशम वहादुर खत्री, नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी, संस्थाका वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषाल, प्रवन्धक नारायण प्रसाई, कमल प्रसाद शर्मा लगायतको सहभागिता रहेको थियो ।