उपकार लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्म आइपीओ निष्काशन गरेकोमा चैत २७ गते राम नवमी सार्वजनिक विदा परेको कारण एक दिन थप गरेको हो ।
सो अनुसार उक्त आइपीओमा आज (चैत ३०) गते बैंकिङ समयसम्म लगानिकर्ताले आवेदन दिन पाउनेछन् । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीको जारी पुँजि ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सो जारी पुँजिको ३६ प्रतिशत दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागी खुल्ला गरेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीका लागि छुट्याइएको छ र पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी हुन आएको २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपिओ बाँडफाँड गोलाप्रथाको माध्यमबाट हुने भएकोले न्यूनतम् १० कित्ताका लागि आवेदन दिनु उत्तम हुनेछ । उक्त आइपीओमा इच्छुक लगानीकर्ताले चैत २५ गतेदेखि चैत २९ गतेससम्म आवेदन दिन पाउनेछन् ।
आवेदन दिनको लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।