कुल विदेशी विनिमय सञ्चिति घट्यो

२९ चैत्र २०७८, मंगलवार १८:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचांक सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचांक अनुसार गत आर्थिक बर्षको तुलनामा कुल विदेशी विनिमय सञ्चितिमा घटेको छ ।

२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म आईपुग्दा उक्त सञ्चिति १६।३ प्रतिशतले कमि आई ११ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ खर्ब ७५ अर्ब रहेकोमा २०७८ फागुन मसान्तमा १८।५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

फागुन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्रमा रहेको सञ्चितिमा समेत कमि आएको छ । असार मसान्तसम्ममा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेको बैंकको सञ्चिति फागुन मसान्तसम्ममा १८।२ प्रतिशतले घटेर १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा फागुन मसान्तसम्ममा ०।९ प्रतिशतले कमि आई १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*