सिभिल बैंकको ऋणपत्र सूचीकृत

२९ चैत्र २०७८, मंगलवार १८:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज सूचीकृत भएको हो ।

बैंकको १०.२५ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १००० रुपैयाँ दरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक)मार्फत् उक्त ऋणपत्र निष्काशन गरेको थियो ।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न मिल्ने गरी कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*