नेप्सेमा थप ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत
२९ चैत्र २०७८, मंगलवार १८:१३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत आज भएको हो ।
बैंकको आज २० प्रतिशत दरको ६६ लाख ८४ हजार ८०५ कित्ता बोनस शेयर सूचीकृच भएको हो । सूचीकृतपश्चात् उक्त शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।