मेरो अटो मोटर र्‍यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स

२९ चैत्र २०७८, मंगलवार १७:१७

काठमाडौं । मेरोअटो मोटर र्‍याली’को मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ कम्पनीले गर्ने भएको छ । मोटर र्‍यालीको मुख्य प्रायोजक गर्ने विषयमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट सह प्रमुख कार्यकारी निर्देशक किशोरप्रसाद लामिछाने र मेरोअटोको तर्फबाट निर्देशक उज्वल घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पत्रमा हस्ताक्षरपछि डेपुटी सीईओ लामिछानेले दुई संस्था बीचको सहकार्यले र्‍याली कल्चरको विकास, सुरक्षीत ड्राइभिङमा केही भए पनि सहयोग र आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने धारणा राखेका थिए ।मेरोअटोले आयोजना गर्ने ‘मेरोअटो मोटर र्‍याली’ यही वैशाख ९ र १० गते आयोजना हुँदैछ । काठमाडौंबाट सिन्धुलीको मूलकोटसम्म आयोजना गरिने यो मोटर र्‍याली विशेषतः ‘हाइवे सुरक्षा थिम’मा रहेर आयोजना हुँदैछ ।

सबै ब्राण्डका कारहरुको सहभागीता रहने यो र्‍यालीमा करिब ५० वटा कार सहभागी रहने छन् । यो मोटर र्‍यालीले अटोमोबाइल, इन्स्योरेन्स, बैंकिङ र कर्पोरेट क्षेत्रका प्रोफेसनल मानिसहरुलाई आपसी विचार आदान प्रदान गर्ने मौका समेत प्रदान गर्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*