सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

३० चैत्र २०७८, बुधबार ०७:००

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको साधारण सभा आज बस्दैछ। सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डप काठमाडौंमा बिहान १०ः३० बजे हुदैछ । सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाका लागि तय भएका छन् ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ एक दिनका लागि बुक क्लोज गरेको हुदाँ चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ देखि चैत ३० गतेसम्म बुक क्लोल गरेको छ । बुक क्लोजका आधारणमा चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*