इमर्जिङ नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२९ चैत्र २०७८, मंगलवार १५:२६

काठमाडौं । मंगलबार नेप्से ओरालो लागेको छ । साताको दोस्रो दिन ४६ अकंले नेप्से आज भने ३४.७८ अकंले घटेको हो ।

पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से ओरालो लाग्दा कारोबार समेत साढे १ अर्बमा सिमित भएको छ । कारोबार सो रकममा खुम्चिदा इमर्जिङ नेपालका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ६.५९ प्रतिशतले घटेको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावरको ६.०७ प्रतिशत, घलेम्दी हाइड्रोको ५.९० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ५.३६ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ५.३४ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.१० प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*