शेयरबजारमा ३४ अंकको गिरावट, एक अर्बमाथिको कारोबार हुँदा होटल तथा पर्यटन सूचक चम्कियो
काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा भारि गिरावट आएको छ । देशको आर्थिक संकटकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यप्रति असन्तुष जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले उनलाई निलम्बन गरेका थिए ।
गभर्नर अधिकारीको निलम्बनपश्चात शेयरबजारमा बृद्धि हुने प्रक्षेपण गरिएतापनि आज नेप्से परिसूचक ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा झरेको छ ।
आज नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।
हिजो राष्ट्र बैंकले गभर्नर निलम्बनपश्चात् खेप्नुपरेको विभिन्न वक्तव्यका कारण पत्रकार सम्मेन आयोजना गर्दै देशको समग्र आर्थिक सूचक घटेको स्वीकृति गरेको थियो । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय सूचांकअनुसार पनि विदेशी विमिमय दर, रेमिट्यान्स आप्रवाह, शोधानान्तर स्थिति घट्न पुगेको छ । यो हिसाबले पनि बजार अझै घट्न सक्ने देखिन्छ ।
आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये होटल तथा पर्यटन समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज सो समूहको ३.१४ रुपैयाँले बृद्धि भएको छ भने सर्वाधिक बीमा समूहको घट्न पुगेको छ ।
नेप्से ३४ अंकले घट्दा जीवन बीमा समूहको २१४.२३ रुपैयाँ र निर्जिबन बीमा समुहको २३५.१२ रुपैयाँले घट्न पुगेको छ ।