शोधानान्तर स्थिति साढे २ खर्ब घाटामा, चालु खाता कति ?

२९ चैत्र २०७८, मंगलवार १३:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचांङ्क सार्वजनिक गरेको छ । उक्त सार्वजनिक तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ६८ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधानान्तर स्थिति समिक्षा अवधिसम्ममा २ अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले आज प्रकाशित गरेको उक्त तथ्याङ्कअनुसार समिक्षा अवधिमा चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३० करोडले घाटामा रहेको चालु खाता समिक्षा अवधिमा ३ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको छ ।

राष्ट्र बैंकले गभर्नर निलम्बन पश्चात खेप्नु परेको वक्तव्यका कारण हिजो पत्रकार सम्मेलन आयोजना गर्दै देशको समग्र आर्थिक सूचक घटेको स्वीकार गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*