सानिमा जनरल इन्स्योरेन्सले ल्यायो यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर
काठमाडौं । नयाँ बर्षको उपल्क्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यती एयरलाइन्ससँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ नामक अफर ल्याएको छ । कम्पनीले यती एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यती एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गर्दा यो अफर ल्याएको हो। यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको हो। वर्षौंदेखि सानिमा जनरल इन्स्योरेन्सले सबै प्रकारका सामान्य बीमा कभरेजहरु उपलब्ध गराउँदै आएको छ।’
कम्पनीकी डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ । यो अफर यतिको मोबाइल एप र वेबसाइटमार्फत टिकट खरिद गर्ने यात्रुका लागि उपलब्ध हुनेछ।
यो समझदारीअन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिका लागि रु. १ लाखसम्म बीमा रकम पाउनेछन् ।
३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ।यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु. १० हजारसम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा सतप्रतिशत बीमा रकम पाउनेछन्। यो अफर नेपाली नागरिकका लागिमात्र लागू हुनेछ।
सानिमा जनरल इन्स्योरेन्सले सधैं बीमितहरुको आवश्यकताअनुसार विभिन्न बीमा कभरेजहरु प्रदान गर्दै आएको छ।