सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार

२९ चैत्र २०७८, मंगलवार ११:५४

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मुल्य प्रतितोला १ लाख १ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*