अर्थ मन्त्रालयद्धारा मुख्य सूचांक प्रस्तुत, यस्तो छ अवस्था
काठमाडौं । नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै आम सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट हुन्दै मुद्यय सूचांकहरु प्रस्तुत गरेको छ ।
यस प्रकारका पृष्ठपोषणबाट अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास छ। अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ। अर्थतन्त्रका समष्टिगत परिसूचकहरु सामान्य नै रहेको छ।
तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको छ। अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा आम नागरिक तथा सरोकारवालालाई जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत यस प्रकारु रहेको ।छ
आर्थिक वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन
आर्थिक वर्ष २०७६र७७ आर्थिक वृद्धि २।१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष २०७७र७८ मा पनि कोभिड(१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७।० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४।० प्रतिशतमा सीमित हुने अवस्था छ। चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड(१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।
मूल्य स्थिति
विगत तीन वर्षको औसत मुद्रास्फीति छ।ज्ञड प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५।४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।
वैदेशिक व्यापार
वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ। चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात र निर्यात क्रमशस् रु।१४५० अर्ब ७१ करोड र रु। ज्ञ५९ अर्ब ७६ करोड पुगेको छ। आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३।९ प्रतिशत र ७२।८ प्रतिशतले वृद्धि भएको छ। फलस्वरुप, व्यापार घाटा बढेर रु।ज्ञ२९० अर्ब ९६ करोड पुगेको छ। विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।
विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तसम्म रु।१३९९ अर्ब ३ करोड रहेको विदेशी विनिमय सञ्चिति १ट।द्द प्रतिशतले कम भई २०७८ फागुनमसान्तमा रु।१ज्ञठ१ अर्ब कायम हुने देखिएको छ। उक्त सञ्चिति करिब ट।७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ।
विप्रेषण आप्रवाह
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा द्ध।ढ प्रतिशतले कमी आई रु। ६३१ अर्ब ज्ञ९ करोड कायम भएको छ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्व प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।
पर्यटन
पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म ९पहिलो ३ महिनामा० नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८।६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ। सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
वैदेशिक रोजगार
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धि भई २ लाख २६ हजार ७०० पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४।८ प्रतिशतले घटेको थियो।त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५।२ प्रतिशतले घटेको थियो
वैदेशिक लगानी
चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत रु।३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१।३ प्रतिशतले बढी हो। २०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत रु। ८२ अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
सार्वजनिक खर्च
चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च रु।७६८ अर्ब २५ करोड ९कुल विनियोजनको ४७।०५ प्रतिशत० रहेको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६७२ अर्ब ७८ करोड ९कुल विनियोजनको ४५।६२ प्रतिशत० मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४।२ प्रतिशतले बढी हो।
कूल खर्च मध्ये चालु खर्च रु। ६०५ अर्ब ६३ करोड अर्थात विनियोजनको ५६।८५ प्रतिशत र पुँजीगत खर्च रु। ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५।८३ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु।६४ अर्ब ९७ करोड अर्थात ३४।२९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४।३८ प्रतिशत, पुँजीगत खर्च २८।०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३।३३ प्रतिशत मात्र रहेको थियो।
राजस्व
आर्थिक वर्ष २०७८र७९ को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५।९० प्रतिशतले वृद्धि भई रु। ७५० अर्ब ३४ करोड पुगेको छ। जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३।५६ प्रतिशत हो। यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४।९३ प्रतिशतले बढेर रू।६९० अर्ब ३५ करोड ९लक्ष्यको ६४।६४ प्रतिशत० रहेको छ भने गैरकर राजस्व २८।४२ प्रतिशतले बढेर रू।५९ अर्ब ९९ करोड ९लक्ष्यको ५३।२६ प्रतिशत० पुगेको छ।
आन्तरिक तथा वाह्य ऋण
चालु आर्थिक वर्षमा रु।२३९ अर्ब बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा यस आर्थिक वर्षको चैत्र २८ गते सम्ममा रु।१०५ अर्ब बराबरको आन्तरिक ऋण परिचालन भएको छ। हालसम्म रु। ११६ अर्ब बराबरको वाह्य ऋण तथा रू। १३ अर्ब ८८ करोड वरावरको वैदेशिक अनुदान गरी जम्मा रू। १२९ अर्ब ८८ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ।
नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ। २०७८ चैत्र २८ गतेसम्म आन्तरिक ऋण रू।
अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालय उच्च प्रशंसा गर्दछ। मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाइनेछ। यस सम्बन्धमा व्यक्त चासो र चिन्ताका लागि धन्यवाद व्यक्त गर्दै नियमित रूपमा सुझाव उपलब्ध गराइदिनहुन बुद्धिजिवी वर्ग र आम नागरिकमा अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ।