दोर्दी खोला जलविद्युतले आईपीओ निष्कासनका लागि बोर्डबाट पायो अनुमति
२८ चैत्र २०७८, सोमबार १६:५०
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि अनुमति पाएको हो ।
कम्पनीले आज (चैत २८ गते) २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता आईपिओ शेयर निष्कासनको लागि अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसधारणमा २८ प्रतिशत शेयर जारी गर्ने लागेको हो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।