भिभोले नेपालमा स्मार्टफोन भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ सार्वजनिक

२८ चैत्र २०७८, सोमबार १५:३४

काठमाडौं । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको हो ।

भि २३ फाइभजीको ५० एमपी अटोफोकस पोर्ट्रेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेरा कायम गरेको छ । भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरिदा प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर आकर्षक देखिन्छ ।

भि २३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ । भि २३ फाइभजी ७.३९ एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा डिजाइन गरिएको हो । डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि २३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । भि २३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ । भिभोका तीनवटा स्मार्टफोनहरु नेपाल बजारमा सार्वजनिक भइ सकेका छन् । ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्ट सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्या भिभो भि २३ फाइभजीको मुल्य ५५ हजार ९९९ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको वाई ३३ एसमा ट्रिपल क्यामेरा, भिभो वाई ३३ एसमा ५० एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ । यसबाहेक यस वाई ३३ एसमा सुपर शक्तिशाली, लामो समयसम्म चल्ने ५००० एमएएच ब्याट्री, ५० एमपी रियर क्यामेरा र १८ वाट फास्ट चार्ज रहेको छ । ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा रहेको वाई ३३ एसको २९ हजार ९९९ रुपैयाँ रहेको छ ।

वाई ०१ को स्टाइलिश थ्रीडी कभरले ८.२८ एमएम पातलो बडीले टे«न्डी लुक दिन्छ । यो स्माटफोन १७८ ग्राम तौल, ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ प्रदान, डिभाइसमा ५००० एमएएच ब्याट्रि रहेको छ । २ जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रगंमा रहेको वाई ०१ को १३ हजार ९९९ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*