नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

२८ चैत्र २०७८, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । केहीदिनयता देशमा आर्थिक संकट बढ्दै गएको कारण शेयरबजारमा प्रभाव देखिएको शेयर विषेशज्ञहरुले अनुमान लगाइरहेका छन् ।

देशमा आर्थिक समस्या चुलिँदै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा विदेशी विनिमय संचिती घट्दै जानु र तरलता अभाव सिर्जना बढ्दै जानुले शेयर बजार प्रभावित हुन गएको प्रक्षेपण गरिएको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, निफ्राको ७ करोड २१ लाख रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख रुपैयाँ, एनआइसि एशिया बैंकको ६ करोड ८६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*