आर्थिक संकटकाबीच ४४ अंकले घट्यो शेयरबजार, बीमा समूहमा उच्च गिरावट आउँदा २ अर्बमा कारोबार सीमित

२८ चैत्र २०७८, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय मुलुकमा आर्थिक संकट बढ्दै गएकोमा शेयरबजारमा प्रभाव पर्न गएको हो ।

यसैबीच अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी जिम्मेवारी बहन नगरेको र कार्यान्वयन प्रभावकारी हुन नसकेको भन्दै निलम्बन गरेसँगै शेयरबजारमा प्रभाव पर्न गएको धेरै लगानीकर्ताहरुको भनाई छ । आर्थिक संकटकाबीच आज नेप्से परिसूचक ४४.६४ अंकले घट्न पुगेर २४१९.७१ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । धेरै लगानीकर्ताहरुले गभर्नर अधिकारीको निलम्बनसँगै कारोबार समेत ह्वात्तै घटेको प्रक्षेपण समेत गरेका छन् ।

नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । विदेशी मुद्रा संचिती घट्दै गएपछि राष्ट्र बैंकमा दबाद सिर्जना हुँदै आएको थियो । यसैबीच बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको कमीको कारणले पनि शेयरबजार उच्च घट्न पुगेको अनुमान लगाइरहेका छन् ।

आज नेप्से परिसूचक १.८१ प्रतिशतले घट्दा सर्वाधिक बीमा समूहको उच्च घट्न पुगेको छ । आज जीवन बीमा समूहको मात्रै ४३१.८२ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समूहको १५५.५९ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*