अर्थमन्त्री शर्मालाई आफ्नै सचिवको असहयोग ! आरजुको नाममा मरासिनीको राज

२८ चैत्र २०७८, सोमबार १४:१६

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मा यतिबेला आफ्नो विगत झै सफल अर्थमन्त्री बन्न सबै प्रकारको त्याग गर्न तयार भएर अघि बढेका छन् । व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थभन्दा माथ उठेर बिग्रदो अर्थतन्त्रमा सुधारका लागि प्रयत्नशिल छन् । तर प्रश्न उठेको छ, के अर्थ मन्त्रालयका सचिवहरु अर्थमन्त्री शर्माको उक्त अभियानमा इमान्दारपूर्वक मन, बचन र कर्मले साथ दिइरहेका छन् ? अर्थ सचिव मधुकुमार मरासिनी कसको इसारामा चेन अफ कमाण्डमा घुसपैठ गर्दैछन् ? राजश्व सचिव कृष्णहरि पुस्करले विभिन्न सेटिङमा गर्ने हस्तक्षेपले आशंका उत्पन्न गराएको मात्रै छैन सिंगो अर्थमन्त्रालयको काम कारवाही बारे आम जनताले प्रश्न गर्ने ठाउँमा आईपुगेको छ ।

कुनै पनि नेतृत्व सफल हुन उक्त व्यक्तिका सारथीहरु इमान्दार र प्रतिबद्ध तथा नेतृत्वको स्पिरिट अनुसार काम गर्ने हुनुपर्दछ । अर्थमन्त्री शर्मा यसअघि गृहमन्त्री तथा उर्जा मन्त्री हुँदा राम्रो काम गरेको इतिहास छ । तर, यस पटक नतिजा अपेक्षा अनुसार आउन नसक्नुमा अर्थमन्त्रीका सारथीहरुले स्पीरिट अनुसार काम नगरेको निष्कर्ष निकाल्न कठिन छैन ।

अर्थमन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका मधु कुमार मरासिनी अर्थमन्त्रालयको काममा भन्दा पनि सेटिङको काममा बढि व्यस्त हुने गरेको चर्चा मन्त्रालयभित्रै छ । प्रधानमन्त्री पत्नी आरजु राणाको लागि काम गर्दै आएको मरासिनीले सेबोन, नेपाल राष्ट्र बैंक र बीमा मितिमा समानान्तर सत्ताको अभ्यास गर्दै आएका छन् । पछिल्लो समय राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्त, सेबोनमा अध्यक्ष नियुक्ती तथा बीमा समितिका कतिपय निर्णयहरुमा सचिव मरासिनीले प्रत्यक्ष हस्तक्षेप गर्दै आएका छन् ।

उनले कतिपय मातहतका निकायहरुलाई प्रम पत्नी आरजु राणाका आदेशहरु जसरी पनि कार्यान्वयन गर्नु भन्ने आदेश दिने गरेका छन् । जसका कारण अर्थमन्त्रायबाट कतिपय गलत कामहरु समेत हुँदै आएका छन् । अर्का सचिव पुस्कर पनि नेपाली कांग्रेसका नेताहरुको काम गराउने कार्यमा संलग्न रहँदै आएका छन् ।

अर्थमन्त्रीका सारथीहरुमा अर्थतन्त्रबारे गहिरो र सुक्ष्म अध्ययन भएको व्यक्तिको अभाव खड्किदै गएको छ । जसका कारण अर्थमन्त्री शर्माले समस्याको सही र वस्तुवादी रुपमा पहिचान गर्न कठिन अनुभव गरिरहेका छन् । अर्थमन्त्रीको सबैभन्दा सही र वस्तुवादी सुझाव दिने अर्थसचिव आफै प्रभाव र लाभको लागि काम गर्ने भएपछि सही सूचना पाउनै मुश्किल पर्ने तथा चेन अफ कमाण्डमा घुसपैठ हुँदै आएको छ । जसका कारण गलत मानिसले लाभ लिई अर्थमन्त्री शर्मा र अर्थमन्त्रालय माथि प्रश्न चिन्ह उठेको छ ।

उल्लेखित कारणहरुबाट अब अर्थमन्त्रालयका दुई वटै सचिव हटाएर अनुभवी व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी सुम्पन ढिलाई गर्नु हुँदैन । अर्थमन्त्रालय बढ्दो कामको चापलाई मध्यनजर गर्दै कुनै व्यक्ति विशेषको नभई समस्यालाई मिलि सेकेण्डभरमा समाधान निकाल्न सक्ने क्षमतावान व्यक्तिको खाँचोतर्फ अर्थमन्त्री शर्माले ध्यान दिनु आवश्यक छ । त्यस्तै सरकारको स्पीरिट अनुसार काम नगर्ने बीमा समिति लगायतका अन्य निकायका नेतृत्वबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*