तलरता अभावको समस्या समाधान हुन्छ : कामु गभर्नर ढुंगाना

२८ चैत्र २०७८, सोमबार १३:५२

काठमाडौं । राष्ट्र बैंककी कामु गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले पछिल्लो समय तलरताको अभाव रहेपछि यो समस्या बिस्तारै समाधान हुने बताएकी छन् । साइकल चक्रीय हुने भएकाले बिस्तारै समाधान हुने भन्दै यो समयमा धैर्य आवश्यकता रहेको उनले कार्यक्रममा बताईन् ।

आज काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन् ।

उनका अनुसार बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको उनको भनाइ छ ।

साथै, समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बीच अझै कुल जनसख्याको १८ प्रतिशत हिस्सा गरिबीको रेखा मुनी रहेको बताइन् । उनले लघुवित्तले गरिबी र लक्षित समुदायको आर्थिक पुनस्उत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तीकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*