उपकार लघुवित्तको आईपीओमा १ अर्ब ८६ करोड रुपैयाँको आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

२८ चैत्र २०७८, सोमबार १२:०५

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा १ अर्ब ८६ करोड ५४ लाख २६ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेदेखि प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गरेको हो ।
सीडीएसका अनुसार आज (चैत २८ गते) बिहान १०ः बजेसम्ममा १६ लाख २९ हजार ७६९ कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार ८४.३४ गुणा बढी आवेदन हो ।
कम्पनीको जारी पुँजि ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले सो जारी पुँजिको ३६ प्रतिशत दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागी खुल्ला गरेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीका लागि छुट्याइएको छ र पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी हुन आएको २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपिओ बाँडफाँड गोलाप्रथाको माध्यमबाट हुने भएकोले न्यूनतम् १० कित्ताका लागि आवेदन दिनु उत्तम हुनेछ ।
उक्त आईपीओमा इच्छुक लगानीकर्ताले भोलि (चैत २९ गते) सम्म आवेदन दिन पाउनेछन् । आवेदन दिनको लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*