नेपाल फाइनान्सले शेयरधनीहरुलाई हकप्रद शेयर बापतको रकम बुझाउन आग्रह
काठमाडौं । नेपाल फाइनान्सले शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुले उक्त आग्रह गरेको हो ।
उक्त रकम आजको मितिले १५ दिनभित्र उक्त रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले १ बराबर शून्य दशमलव ७० अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी गर्दा सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद शेयर आवेदन खुल्ला गर्नुपूर्व धितोपत्रको निर्देशिका अनुसार सञ्चालक लगायत आधारभूत शेयरधनीहरुले चुक्तापूँजीको १ प्रतिशत र सोभन्दा बढी शेयर साधारण गर्ने शेयरधनीले आफ्नो हकमा पर्न आउने हकप्रद शेयर बापतको रकम बुझाउनु पर्ने व्यवस्था छ ।
कम्पनीले ७० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । उक्त हकप्रद निष्कासन गर्न कम्पनीले चैत ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत पाएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर विक्रीको अनुमति दिएको हो ।
उक्त हकप्रद शेयर विक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।