नारायणी डेभलपमेन्ट बैंकको संचालकमा उत्सव सुन्दर श्रेष्ठ
२८ चैत्र २०७८, सोमबार ११:२०
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संचालक नियुक्ति गरेको छ । बैंकले संचालकमा उत्सव सुन्दर श्रेष्ठलाई नियुक्त गरेको हो ।
बैंकको चैत २० गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको संचालक पदमा सर्वसाधारण समूहबाट श्रेष्ठ आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी संचालकमा नियुक्त गरेको जनाएको छ ।