बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रिअलटमेन्ट सम्पन्न, बाँडफाँड यसै साता हुने

२८ चैत्र २०७८, सोमबार १०:५८

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ प्रि(अलटमेन्ट सम्पन्न भएको छ । प्रिअलटमेन्ट सम्पन्न भईसकेको यसै साता बाँडफाँडको तयारीमा लाग्ने कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । प्रिअलटमेन्ट सम्पन्न भएपछी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई दिइन्छ र बोर्डको अनुमतिपछी आईपीओको बाँडफाँड गरिने प्रावधान छ ।

भोलि मंगलबार आईपीओ बाँडफाँड हुने छ, तर अहिले नै यकिन भन्न सकिदैन, भोलि नै बाँफाँड गर्ने गरी तयारी गरिरहेका छौ, दिँउसो सम्म सबै कुरा फिक्स हुने क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २२ लाख ६९ हजार ४ सय १६ जनाले २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रूपैयाँ बराबरको २ करोड ६२ लाख २२ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा १५।७६ गुणा बढी आवेदन हो ।

माागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी एक लाख ६६ हजार ३ सय ४५ जनाले मात्रै सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*