एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा
२८ चैत्र २०७८, सोमबार १०:३८
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संस्था र न्यूनतम मूल्य भने खुलाएको छैन ।
कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २८ गते) ले ३५ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय बनेपा काभ्रेमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्रि तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।