गुडवील फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । गुडवील फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आजअन्तिम दिन रहेको छ । कम्पनीले चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।उक्त शेयरको न्यूनतम मूल्य १५० तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी आज कार्यलय समयसम्म आवेदन दिन सक्नेछन् । आवेदकले शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र प्राप्त भएका बोलपत्र चैत २९ गते मंगलबार बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसारमार्ग कमलादी काठमाडौंमा खोल्ने कम्पनीले जनाएको छ ।