अत्यावश्यक बाहेकका सामग्रीको एलसी नखोल्ने बैंकर्स संघको निर्णय, कुन–कुन वस्तुमा लाग्यो रोक ?

२७ चैत्र २०७८, आईतवार १७:१२

काठमाडौं । वाणिज्य बैंकहरुले अत्यावश्यकबाहेक सामग्रीको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएको छ।नेपाल बैंकर्स संघको आज बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले एक साता अगाडि सिईओहरुसँगको बैठकमा एलसी रोक्न बैंकहरुलाई निर्देशन दिएको थियो । बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन । सोही कारण आइतबार संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय भएको स्रोतले बताएको छ । यो निर्णय पछि बैंकहरुले उल्लिखित वस्तु आयातका लागि एलसी खोल्ने छैनन् ।

‘संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी सिइओले बीमापोष्टलाई जानरकारी दिए ।

बैंकहरुका गतिविधि राष्ट्र बैंकले शुक्ष्म रुपमा नियमन गर्ने र निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो । उक्त निर्देशनपछि बैंकहरुले तोकिएका वस्तुका लागि एलसी नखोलेको स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*