गुडविल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

२७ चैत्र २०७८, आईतवार १४:३२

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन दिने भोलि (चैत २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १४ गतेदेखि ९३ हजार ४८९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १५० तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

लिलामी शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सोमबार कार्यलय समयसम्म आवेदन दिन सक्नेछन् । आवेदकले शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र प्राप्त भएका बोलपत्र चैत २९ गते मंगलबार बिहान १० बजे मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसारमार्ग कमलादी काठमाडौंमा खोल्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*