सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न

२६ चैत्र २०७८, शनिबार २२:२६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले आयोजना गरेको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हेटौंडा स्थित मोटल एभाकाडो एण्ड अर्किट रिसोर्ट्मा आफ्ना उत्कृष्ट टिम लिडरहरुलाई पुनर्ताजगी तालिम संचालन गरेको थियो ।

कार्यक्रममा शाखा प्रमुख राधेश्याम आचार्यले बीमा समितिले कनेक्ट आईपिएस मार्फत अभिकर्ता ईजाजतपत्र नवीकरण गर्ने सहज सुविधा प्रदान गरेकोमा लिडरले आफु अन्तर्गतका अभिकर्तालाई सहजीकरण गर्दै नवीकरणमा विशेष जोड दिन आग्रह गरेको थियो ।

कार्यक्रममा एमडिआरटी बिजेता तथा टिम लिडरहरुसंग बर्तमान अवस्थामा वीमा क्षेत्रमा काम गर्दाका समस्या, चुनौती तथा अहिलेको परिवेशसंग सम्बन्धित बिषयका बारेमा लिडरहरुको भनाईलाई सम्बोधन क्षेत्रीय प्रबन्धक शिव कुमार कार्कीले गरेका थिए ।

सिटिजन स्वरोजगार अभियान अन्तर्गत विद्यार्थीसंग वीमा, सहकारीसंगको सहकार्य तथा वीमा सचेतना कार्यक्रमबाट ईच्छुक व्यक्तिहरुको सहभागितामा आधारभुत तालिम संचालन गरी तत्पश्चातको कोचिङ्गबाट मात्र उत्कृष्ट अभिकर्ता बन्न सक्ने भएकोले टिम लिडरले आफ्नो क्षमता अभिवृद्धि गरि आफू अन्तरगतका अभिकर्तालाई व्यवसाय गर्दा आउने समस्या चुनौती र त्यसका समाधानका उपाय बारे राम्रोसंग जानकारी गराई अबका दिनमा एउटा आत्मविश्वासी सिटिजन लिडर बनाउनका लागि लिडरले विशेष ध्यान दिनुपर्ने बताईएको थियो ।

त्यस्तै कार्यक्रममा हेटौंडा शाखाबाट एमडिआरटी हुनसफल लिडरलाई सम्मान गरिएपश्चात सम्मानित हुने एमडिआरटी लिडरले अन्तरास्ट्रिय प्रशिक्षकबाट सिकेका कुरा तथा एमडिआरटी भएपछिका सम्मान अनि आफ्ना अनुभवका बारेमा शेयर गरेका थिए ।

टिम लिडरले आफू र आफू अन्तर्गतका अभिकर्ताहरुलाई क्लव मेम्बरसिप , एमडिआरटी तथा कम्पनीले प्रदान गर्ने तालिम र सम्मान कार्यक्रममा हेटौंडा शाखाबाट बढी प्रतिनिधित्व गराउने प्रतिबद्धता पनि जाहेर गरेको थियो ।

आफ्नो व्यक्तिगत लक्ष्य, टिमको लक्ष्य सो प्राप्त गर्नका लागी चाहिने रणनीतिका बारेमा बुहद छलफल गरिएको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट लिडरले अपेक्षा गरिएका विविध तालिम, कार्यक्रमहरु नियमित गराउने क्षेत्रीय प्रबन्धक कार्कीले बताए ।

सबै लिडरको तर्फबाट बोल्दै सपना कंडेलले फाल्गुन महिना सम्ममा प्रथम वीमाशुल्क संकलनमा नयाँ कम्पनी मध्येमा प्रथम स्थानमा रहेको सिटिजन लाईफ ईन्स्योरेन्समा काम गर्दा आफुलाई गौरव लागेको बताउदै आफ्नो पेशालाई मर्यादित हामी आफैंले बनाउदैं लैजानुपर्ने भएकोले सबैको साथ सहयोग अनि सुझावलाई मध्यनजर गर्दै बिमितलाई उच्चतम सुविधा अनि प्रतिफल दिने यस मानवीय कार्यमा सबैजनालाई लाग्न आग्रह समेत गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*